आर्मीलाई सडनडेथमा ६-५ ले हराउँदै  एपीएफलाई स्वर्ण

पाेखरा | कात्तिक ३, २०७९

आर्मीलाई सडनडेथमा ६-५ ले हराउँदै  एपीएफलाई स्वर्ण

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा एपीएफ क्लबले आर्मीलाई सडनडेथमा हराउँदै एपीएफले स्वर्णपदक जितेको छ । 

 

पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि अतिरिक्त समय थप गरिएको थियो । उक्त समयमा समेत गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको हो । टाइब्रेकरमा समेत ४–४ गोलको बराबरी भएपछि खेल सडनडेथमा पुगेको थियो । 

 

एपीएफको जीतमा गोरक्षक राजु नगरकोटी नायक बने । उनले २ पेनाल्टि प्रहारलाई बचाउँ गर्दै टोलीलाई स्वर्ण दिलाएका हुन् । 

 

एपीएफका लागि नविन लामा, आवास लामिछाने, सुदिल सिर्खाकार, गोलरक्षक राजु नगरकोटी, रितेश धिमाल र विश्वास उदासले गोल गरे । सनिस श्रेष्ठको प्रहार बाहिरियो । 


आर्मीका नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, सिमान्त थापा, विवक बस्नेत र विकास खवासले गोल गर्दा सुमन अर्याल र सेसेहाङ आङदेम्बेको प्रहार एपीएफका राजु नगरकोटीले उत्कृष्ट बचाउ गरे । 


आर्मीको सेसेहाङ आङदाम्बेको प्रहार राजुले बचाउ गरेपनि अघि बढेको भन्दै पुनः प्रहारको अवसर प्राप्त गरेको थियो । दोस्रो प्रहारलाई समेत उनले बचाउ गरे । आर्मीले रजतमै चित्त बुझायो । 


त्रिभुवन आर्मी क्लबले पहिलो हाफमा एपिएफलाई केही दबाबमा राखेपनि गोल गर्नबाट चुक्यो । खेलको नवौं मिनेटमा दिनेश हेनजनको क्रसलाई नवयुगको प्रहार पोष्टनजिकै बाट बाहिरियो । 


१४ औं मिनेटमा नवयुगले उत्कृष्ट ओभरहेड किक प्रहार गरेपनि दोस्रोबार नजिकैबाट बाहिरियो । ३३ औं मिनेटमा एपिएफका मनि लामाले गरेको उत्कृष्ट प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले उत्कृष्ट बचाउ गरे । उनले डाइभ गर्दै बचाउ गर्दा रिवाउन्ड भएको बललाई नविन लामाले प्रहार गर्न खोज्दा असिस्टेन्ट रेफ्रीले अफसाइडको संकेत गरे । 


३५ औं मिनेटमा आर्मीका सुमन अर्यालले डिएरिया क्षेत्रमा गल्ति गर्दा एपीएफका प्रदिप लामा गोल गर्नबाट चुके । उनको प्रहार बाहिरियो । ४० औं मिनेटमा मणि लामाको सेन्टरलाइन नजिकैको फ्रिकीक प्रहार सोझैँ गोलरक्षक विकेश कुथुको हातमा पुग्यो । 

 

४९ औं मिनेटमा दिनेश हेन्जनको कर्नरमा विकास तामाङको हेडर एपीएफका गोलरक्षक राजु नगरकोटीले बचाउ गरे । ५८ औं मिनेटमा एपीएफका मनि लामाले निकालिदिएको उत्कृष्ट पासमा आर्मीका गोलरक्षक विकेश अघि बढ्दै बचाउ गर्न खोजेपनि एपीएफका विकु तामाङले नविनलाई पास दिएपनि गोलगर्नबाट चुक्यो । नविनले  नियन्त्रणमा लिदैँ प्रहार गरेको बल आर्मीका सुमन अर्यालले हेड गर्दै टोलीको संकट टारे । ६१ औं मिनेटमा हरि कार्कीको प्रहार विकेशले उत्कृष्ट बचाउ गरे ।

 


६६ औं मिनेटमा प्रिन्स कार्कीको कर्नरमा स्वेहाङ आङ्गदेम्बेको होभरहेड किक प्रहारमा सुदिल राईको हेड बाहिरियो । ७० औं मिनेटमा नवयुगको पासमा प्रिन्सको प्रहार पहिलो बार नजिकैबाट बाहिरियो ।  ७२ औं मिनेट आवास लामिछानेको पासमा प्रदिप लामाको प्रहार क्रसबार नजिकैबाट बाहिरियो । खेलको ७८ औं मिनेटमा दुवै टोलीका खेलाडीबीच केहि विवाद भएपछि आर्मीका परिवर्तित खेलाडी पदम तामाङ र एपिएफका प्रदिप लामाले रातो कार्ड पाए । त्यसपछि दुवैटिम १०÷१० खेलाडीमा सिमित हुन पुगे । ८४ औं मिनेटमा आर्मीका प्रिन्स कार्की र सुदिल राई खाली भएको अवस्थामा एपीएफका गोलरक्षक राजु निकै अघि बढि किल्यर गर्दै गोल हुनबाट जोगाए । ८५ औं मिनेटमा सिमान्त थापाले सुदिललाई उत्कृष्ट पास दिएपनि बल नियन्त्रणमा लिन नसक्दा गोल गर्ने सुवर्ण अवसर खेर गयो । 

 


निर्धारित ९० मिनेटको समाप्तिपछि थप गरिएको ४ मिनेटमा एपिएफका सनिस श्रेष्ठले सुदिललाई लडाएपछि डिएरिया नजिकै फ्रिकिको अवसर प्राप्त ग¥यो । प्रिन्स कार्कीले उत्कृष्ट फ्रिकिक प्रहार गरेपनि गोलरक्षक नगरकोटीले बचाए । 

 

आर्मीले  यसअघि गण्डकी प्रदेशलाई १–० ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो भने एपिएफले सुदुरपश्चिम प्रदेशलाई ५–१ को फराकिलो गोल अन्तरले पाखा लगायो । पुरुष फुटबलमा गण्डकीले सुदुरपश्चिम प्रदेशलाई १–० को गोल अन्तरले हराउँदै कास्य जितेको छ । 
 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्